नेपाली सेना बन्ने हो ? २३ सय ११ जनालाई जागिर खुल्यो, कुन जिल्लामा कति ?



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २३ सय ११ जना कर्मचारी माग गरेको छ ।

मंगलबार गोर्खापत्रमा सूचना प्रकाशित गरी सेनाले कर्मचारी मागेको हो । सेनाले प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स पदमा कर्मचारी मागेको हो ।

१८ बर्ष पुरा भई २५ बर्ष ननाघेका नेपाली नागरिकले उक्त पदहरुका लागि दरखास्त दिन सक्ने सेनाले जनाएको छ । इच्छुकले जेठ १ गतेदेखि ३० गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ । 


पुष्प दुलाल