आइपिएलमा डेब्यू मात्रै गरेनन्, ओपनिङ बलिङ नै गरे सन्दीपले




काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) मा डेब्यू गरेका छन् । आइपीएल टीम दिल्ली डेयर डेभिल्सको तर्फबाट सन्दीपले आइपीएलमा डेब्यू गरेका हुन् ।

अहिले दिल्ली र रोयल च्यालेन्जर्स बैंगलोरको खेल चलिरहेको छ । दिल्लीको तर्फबाट सन्दीपले ओपनिङ बलिङ गरेका हुन् । पहिलाे ओभरमा सन्दीपले जम्मा ६ रन दिएका छन् । उनी स्पीनर बलर हुन् ।


क्लिकमान्डु