जहाजमा किन चरा ठोकिन्छन् ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा बेलामा बेलामा चराले सताउने गर्छ । विमानस्थल कार्यालयका अनुसार गमी मौसममाभन्दा जाडो मौसमा विमानस्थलमा चराले बढी सताउने गर्छ ।

उपत्यकामा चिसो बढ्दै गएपछि चरा पारिलो ठाउँ खोज्दै उडिरहेको हुन्छ । चराको रोजाइका विमानस्थल नै पर्छ । विमानस्थलमा विहानदेखि बेलुकासम्म नै घाम लाग्छ । जसकारण पनि चराउ पारिलो ताप्नका लागि विमानस्थल आसपासमा उडिरहेका हुन्छन् ।

विमानस्थलमा अहिले चराको आतंक बढेको छ । विमानस्थल कार्यालका अनुसार जुनसुकै बेला चरामा जहाज ठोकिन सक्छ । यसतर्फ समयमै सतर्कता अपनाउनु आवश्यक छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानलाई चराले ठूलो चुनौति दिइरहेका छन् ।

क्यानका अनुसार सन् १९९० यता विमानमा चरा ठोक्किएका घटनामात्र एक सयको हाराहारीमा पुगिसकेको छ । चरा ठोक्किँदा कतिपय विमान ध्वस्त भएका छन् भने कतिपय विमान दुर्घटनाबाट जोगिएका छन् ।

नेपालमा विमान दुर्घटनाका विभिन्न कारणमध्ये चरा पनि एक हो । चरा धपाउन अत्याधुनिक प्रविधिको विकास भइसकेको छ । तर हामी सिकारीमार्फत चरा धपाइरहेका छौं । चराकै कारण विमान दुर्घटना बढेपछि क्यानले विमानस्थलमा ‘एभिन राडार’ कन्ट्रोल मेसिन जडान गर्ने योजना बनाएको थियो । तर, यो योजना अहिले काम नै नभइ बन्द भइसकेको छ ।

विमानस्थलमा रहेका प्राविधिकहरुले रोडारबाट प्राप्त सूचना पहिले नै विमान चालकलाई उपलब्ध गराउन सक्छन् । विमान चालकले विमान अवतरण गर्नु आगावै विमानस्थलमा चरा रहे नरहेको थाहा पाउने भएकोले दुघर्टना हुने सम्भवना अत्यन्तै कम हुन्छ । विमानस्थलमा पशुपंक्षी आउन नदिनका लागि चारवटा प्रविधि अपनाइँदै आइएको छ । यसमा ग्यास क्यानन, एक्रो क्रो, वेलर मेसिन र सिकारी हुन् ।

ग्यास क्यानन ड्वाङ आवाज आउने मेसिन हो । विमानस्थलमा चरो बसेमा रिमोट कन्ट्रोलमार्फत ग्याँस ड्वाङ पड्किन्छ र चरा उडेर भाग्छ । विमानस्थलमा एक्रो क्रो प्रविधि पनि चरा धपाउनका लागि प्रयोग हुँदै आएको छ । यसमा रहेको चम्किलो लाइट टल्किएपछि चराहरु आउँदैनन्, विमानस्थलमा भएका पनि भाग्छन् । वेलर मेसिनले पनि विमानस्थलमा चरा धपाउने गरिएको छ । यो मेसिनले विभिन्न चराहरुको आवाज निकालेर चराहरु धपाउँछ ।

चराले गराएका घटना

झन्दै दुई महिना अगाडि मात्रै हिमालएयरलाइन्सको जहाज चरासँग ठोकिन पुग्यो । जहाज चरासँग ठोकिएपनि कुनै ठुलो घटना भने भएन् । तर, जहाज एक साता ग्राउन्डेट भएको थियो ।

सन् १९९६ अक्टोबरमा थाई एयरवेजको ए ३०० जहाज चरा ठोक्किएर दुर्घटना भयो । यस्तै, सन् २०१० सेप्टेम्बरमा बंगलादेशको डिसी १० र सन् २०१२ सेप्टेम्बरमा सीता एयरको जहाज पनि चरासँगै ठोक्किएर दुर्घटनामा परेका थिए ।

सन् २०१४ को डिसेम्बरमा जेट एयरवेजको जहाज पनि चरासँग ठोक्किएको थियो । साथै, सन् २०१५ मा टर्किस एयरको जहाज पनि चरासँग ठोक्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

दुई वर्षअघि लुक्लातर्फ उडेको गोमा एयरको जहाज पनि चरासँग ठोक्किएको थियो । तर, जहाज विमानस्थलमै अवतरण गर्न सक्दा ठूलो घटना भने भएन । जहाज सकुशल अवतरण नगरेको भए ९ जना यात्रु र चालक दलका सदस्यको ज्यान जाने थियो । चरा ठोक्किँदा विमानको दायाँ पखेटा कुच्चिएको थियो ।


पुष्प दुलाल