चोभार, खोकना र भैसेपाटी क्षेत्रमा कतिमा पाइन्छ जग्गा ?

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको भाऊ बढाउन विभिन्न समयमा अनेक बहाना आउने गरेका छन् । अहिले बाहिरी चक्रपथ, नयाँ सहर र राजधानी काठमाडौं जोड्न खोल्ने भनिएका नयाँ सडक नाकालाई कारण देखाएर विभिन्न ठाउँमा जग्गाको भाऊ आकाशिएको छ ।

यसै सन्दर्भमा क्लिकमाण्डूले काठमाडौंको चोभार तथा ललिपूरको खोकना र भैसेपाटी क्षेत्र वरपरका जग्गाको भाऊ बुझ्न स्थलगत रिपोर्टिङ गरेको छ । चोभार क्षेत्रमा बन्न लागेको बृहत बसपार्क, तरकारी तथा फलफूल बजार, बाहिरी चक्रपथ र नयाँ सहर जस्ता पूर्वाधारलाई देखाउँदै सो क्षेत्रमा जग्गाको भाऊ आकाशिएको चर्चा सुनिएको छ । यसको खास अबस्था के कस्तो रहेछ भनेर हामीले स्थलगत रिपोर्टिङ गरेका हौं ।

चोभार भन्ज्याङमा गाडीबाट ओर्लिएर अलि अगाडीसम्म पैदलयात्रा पछि हामीले चाल्नाखेलतर्फको बाटो समात्र्यौं । उकालो र भत्किएको बाटो अलिकति कटेपछि एकजना पाका जस्ता देखिने पसलेलाई सो स्थान वरपर जग्गाको मूल्यबारे जानकार ब्यक्ति कोही छ कि भनेर प्रश्न गर्यो ।

उनले ‘पवित्रा दिदी’को घर देखाइदिए । उनको घर पुगेपछि थाहा भयो कि पवित्रा उप्रेती सो क्षेत्रमा जग्गा खरिद विक्रीको काम गर्ने गर्दिरहिछन् । उनले सो क्षेत्रमा जग्गाको काम गर्न लागेको २० बर्ष जति बितेछ ।

उनको घरमा पुग्ने वित्तिकै हामीले जग्गाको बारेमा उनलाई प्रश्न गर्यौं । हामीले पत्रकार भएर होइन, जग्गा किन्ने ग्राहकको रुपमा उनीसँग कुरा गरेका थियौं । हाम्रो पहिचान लुकाउनुको कारण आम सर्वसाधारणले जग्गा खोज्दै हिड्दा दलालदेखि स्थानीयसम्मको कस्तो ब्यवहार ब्यहोर्नु पर्ने रहेछ भनेर बुझ्नु पनि थियो ।

‘चाल्नाखेलमा १ वर्ष अघिसम्म प्रतिआना ५ लाखदेखि ७ लाख रुपैयाँमा पाइने जग्गा अहिले ११ लाखदेखि १५ लाख रुपैयाँसम्म पर्न थालेको छ, प्लानिङको जग्गा लिनुहुन्छ भने प्रतिआना १७ लाखदेखि २० लाख रुपैयाँसम्ममा पाइन्छ,’ उनले भनिन् ।

अहिले प्रतिआना १३ लाख रुपैयाँभन्दा कम मूल्यमा जग्गा नपाइने उनको भनाइ छ ।

‘कालीमाटीको फलफूल तथा तरकारी बजार पनि यहाँ आउन लागेको छ, बाहिरी चक्रपथ पनि यही हुदै जादैछ, दक्षिणकाली हुदै मकवानपूर जाने बाटो पनि यही भएर जान्छ, यस्तो सुविधासम्पन्न ठाउँमा यति मूल्यमा जग्गा पाउनु स्वभाविकै हो,’ उनले थपिन् ।

उनीसँगको कुराकानी पछि ‘दिदी पछि भेटौंला है’ भन्दै हामी बाहिरियौं । अनि हामी लाग्यौं ललिपूरको खोकनातर्फ ।

हामी खेतैखेतको बीचबाट जाने गोरेटो बाटो हुदै प्लटिङ हुदै गरेको जग्गामा पुग्यौं । त्यहाँ भेटिए एमबी थापा मगर । सो ठाउँमा ६० आना जग्गामा प्लानिङ भइरहेको रहेछ । काठमाडौं उपत्यकामा बन्ने नयाँ शहरको लागि प्लानिङ भइरहेको एमबी थापा मगरले बताए ।

हामीले जग्गा चाहिएको कुरा गर्यौं । उनले कति चाहिएको हो भने । हामीले ४ आना चाहिएको भन्यौं । उनले ४ आनाको कित्ता बाँकी नरहेको बताए । हामीलाई जग्गाको भाऊ चाहिएको थियो । तर, खोजेको जति जग्गा नै नभएको उनको भनाइले हामीलाई जग्गाको भाऊ बुझ्ने ठाउँ नै दिएन ।

तै पनि जग्गाको भाऊ जान्नै पर्ने थियो । सो प्लानिङको जग्गा कति जतिमा विक्री भएको भनेर हामीले पुनः प्रश्न गर्यौं ।

‘यहाँ ७ सय रोपनीमा नेपालकै ठूलो बसपार्क बन्न लागेको छ, बाटो खन्न सुरु भइसक्यो, यता वरीपरी १५ लाख घटी (प्रतिआना १५ लाख रुपैयाँ) जग्गा पाउनै सकिन्न, बाटै नभएको जग्गा पनि १० लाखभन्दा कममा पाइदैन,’ उनले भने ।

‘प्लटिङको प्रतिआना २० देखि २२ लाख रुपैयाँमा पाइन्छ,’ उनले भने । सो जग्गा उनले अघिल्लो बर्ष मात्रै प्रतिआना ५ देखि ७ लाख रुपैयाँमा किनेका रहेछन् ।

‘यहाँ ७ सय रोपनीमा नेपालकै ठूलो बसपार्क बन्न लागेको छ, बाटो खन्न सुरु भइसक्यो, यता वरीपरी १५ लाख घटी (प्रतिआना १५ लाख रुपैयाँ) जग्गा पाउनै सकिन्न, बाटै नभएको जग्गा पनि १० लाखभन्दा कममा पाइदैन,’ उनले भने ।

सो क्षेत्रमा बाटो पीच भएको रहेनछ । ‘बाटो पीच हुने वित्तिकै २२ लाखको जग्गा ३० लाख पुग्छ, धमाधम पीच भइरहेकोले चाढो पैसा कमाउने यो मौका हो,’ उनले हामीलाई लोभ्याउन खोजे ।

त्यसपछि हामी बसपार्क बन्न लागेको ठाउँ तिर लाग्यौं । बन्न लागेको बसपार्क भन्दा अलि माथि मने लिम्बुको घर रहेछ । उनी आफ्नै काममा ब्यस्त थिए । तैपनि हामीले जग्गा खोज्दै हिडेको बताएपछि सबै काम छोडेर हामीसँग कुरा गर्न उनी आए ।

‘खोकना वरिपरी १८ देखि २० लाखमा जग्गा पाइन्छ, मैले कात्तिकमा प्रतिआना ५ लाखमा किनेको जग्गा अहिले नै १९ लाखमा बेचिसकेँ, किन्ने भए चाढो गर्नुस्,’ आफ्नै घरको आगनमा उभिदै उनले भने ।

‘अब बसपार्क बने पछि त यहाँ आनाको २५ लाखमा किन्छु भन्दा पनि पाइदैन, टुक्रा जग्गा एउटै बाँकी छैन, बाटो छेउको जग्गा आनाको १८/१९ लाख रुपैयाँ पर्छ, गोरेटोमा भए १५ देखि १७ लाखमा पाइन्छ, बाटै नभएको पाखातिर लिनुहुन्छ भने १०/१२ लाख रुपैयाँमा पाइन्छ,’ लिम्बुले भने ।

फास्ट ट्रयाक बन्न लागेको र नेपालकै सबैभन्दा ठूलो बसपार्क बन्न लागेको कारण पनि यहाँ जग्गाको मूल्य ह्वातै बढेको उनको भनाइ छ ।

‘अब बसपार्क बने पछि त यहाँ आनाको २५ लाखमा किन्छु भन्दा पनि पाइदैन, टुक्रा जग्गा एउटै बाँकी छैन, बाटो छेउको जग्गा आनाको १८/१९ लाख रुपैयाँ पर्छ, गोरेटोमा भए १५ देखि १७ लाखमा पाइन्छ, बाटै नभएको पाखातिर लिनुहुन्छ भने १०/१२ लाख रुपैयाँमा पाइन्छ,’ लिम्बुले भने ।

हामी त्यहाँबाट निस्केर भैसेपाटी चोक पुग्यौं । एउटा सामान्य खाजा पसल छिर्यौं । चियाँ खादै गर्दा साउनी गिता राईसँग कुराकानी भयो । र, हामीले जग्गाकै कुरा झिक्यौं ।

‘भैसेपाटीमा टुक्रा जग्गा पाइदैन, पाइहालियो भने पनि आनाको ३० लाख पर्छ, सस्तो चाहिएको भए अलि कुनातिर खोज्नुपछ’ उनले भनिन् ।

हामीले कुनातिर भएपनि हुने र सस्तो चाहिएको बतायौं । उनी मोवाइन थिच्न थालिन् ।

‘छम्पीतिर आनाको ७ देखि १२ लाख रुपैयाँसम्ममा पाइन्छ रे, त्यो भन्दा सस्तो त छैन, यो मूल्य पनि निकै सस्तो हो,’ मोवाइलबाट २ जनालाई सम्पर्क गरेर कुराकानी पछि उनले भनिन् ।

‘छम्पीतिर आनाको ७ देखि १२ लाख रुपैयाँसम्ममा पाइन्छ रे, त्यो भन्दा सस्तो त छैन, यो मूल्य पनि निकै सस्तो हो,’ मोवाइलबाट २ जनालाई सम्पर्क गरेर कुराकानी पछि उनले भनिन् ।

यतिन्जेल हामी निकै थाकिसकेका थियौं । चोभारदेखि खोकना हुँदै भैसेपाटीसम्मको जग्गाको मूल्य बारे स्थलगत रिपोर्टिङ गरेर हामी फर्कियौं ।

क्लिकमान्डु