एक महिनामा बैंकमा ३३ अर्ब रुपैयाँ निक्षेप थपिदा ३८ अर्ब कर्जा थपियो



काठमाडौं । वाणिज्य बैंकमा एक महिनामा ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

चैत महिनामा मात्र बैंकमा ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । चैत २ गतेसम्म वाणिज्य बैंकमा २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो ।

चैत ३० सम्म निक्षेप २२ खर्ब ६८ रुपैयाँ पुगेको हो ।

स्वदेशी मुद्रामा बैंकसँग चैत ३० सम्ममा २१ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ । चैत २ सम्म २१ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै विदेशी मुद्रामा चैत ३० सम्म ७८ अर्ब निक्षेप छ । २ गतेसम्म यस्तो निक्षेप ८१ अर्ब थियो ।

बैंकले चैत मसान्तसम्ममा २० खर्ब २ अर्ब रुपैयाँ कर्जा दिएका छन् चैत मसान्तसम्ममा कर्जा विस्तार ३८ अर्ब रुपैयाँले बढेको छ ।

चैतको अन्तिम सातामात्र २३ अर्ब रुपैयाँले कर्जा बढेको छ । कर तिर्नको लागि ओभरड्राफ्टमा गएको पैसा बढेपछि एक सातामा मात्र २३ अर्ब रुपैयाँले ऋण बढेको हो ।

बैंकले १९ खर्ब ५८ अर्ब स्वदेशी मुद्रामा र विदेशी मुद्रामा ४४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । चैत २ सम्म १९ खर्ब २४ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा र ४० अर्ब रुपैयाँ विदेशी मुद्रामा कर्जा थियो ।


क्लिकमान्डु