नेप्से २५.३० अंकले बढ्यो, १ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.३० अंकले बढेको छ । नेप्से १.८६ प्रतिशतले बढ्दा १३८८.३१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ६८ कम्पनीका २६ लाख ६३ हजार ५ सय ८२ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३ सय ६१ रुपैयाँको कारोबार भएको छ ।
होटल समूह २१.३२, विकास बैंक समूह १६.५७, माइक्रोफाइनान्स समूह १४.२६, बिमा समूह ५१.२३, बैंकिङ समह २४.५१, वित्त समूह ३.१३, जलविद्युत समूह ४४.८७, उत्पादनमूलक समूह ७.९८ र अन्य समूह २९.६६ अंकले बढेका छन् । ट्रेडिङ समूह २.२ अंकले घटेको छ ।

प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाइ गरेका छन् । सहयोगी विकास बैंकका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु