यसरी दिनुहोस् अनलाइनबाटै सेयर किनबेचको आदेश



काठमाडौं । आइतबार (आज) देखि लगानीकर्ताहरुले अनलाइनबाटै सेयर किनबेचको अर्डर दिन सक्ने भएका छन् । सेयर किनबेच गर्नका लागि ब्रोकर अपिसमा जानुपर्ने, टेलिफोन गर्नुपर्ने वा इमले गर्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

लगानीकर्ताहरुले धितोपत्र दलाल ब्यवसायी (स्टक ब्रोकर) लाई अनलाइमार्फत नै सेयर किनबेचको आदेश दिन सक्ने व्यवस्थाको उदघाटन धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरे ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष प्रियराज रेग्मीको क्रिष्टल कञ्चनजंघाबाट बोर्डका अध्यक्ष कार्कीले अनलाइनबाट अर्डर गर्ने व्यवस्थाको शुरुवात गरे । आजदेखि सबै सेयर ब्रोकरले अनलाइ अर्डको लिनुपर्ने भएको छ ।

कसरी दिने अनलाइन अर्डर ?

१, सबैभन्दा पहिला तपाई सेयर ब्रोकरको कार्यालयमा गएर आफ्नो युजर नेम र पासवर्ड दिन अनुरोध गर्नुहोस् । तपाईंले अनुरोध गरेपछि मात्रै ब्रोकर अफिसले तपाईलाई अनलाइन अर्डर गर्न मिल्ने र, त्यसको लिंक तपाईंको इमेलमा पठाइदिन्छ । ब्रोकरले पठाएको लिंक खोल्नुहोस् । लिंककमा युजर नेम र पासवर्ड हुन्छ । युजर नेम र पासवर्ड तपाईंको इमेल ठेगानामा इमेल गरिदिन्छ । युजर नेम परिवर्तन गर्न मिल्दैन । तर, पासवर्ड भने परिवर्तन गर्न सक्नुहुने छ ।

२, ब्रोकर अपिसले तपाईको इमेलमा पठाएको युजर नेम र पासवर्ड प्रयोग गरेर लग इन गर्नुहोस् । यसरी लग इन गरेपछि तपाईं सेयर किनबेचको अर्डर दिनमिल्ने सिस्टममा प्रवेस गर्नुभयो ।

३, यसरी अर्डर म्यानेजमेन्ट सिस्टममा प्रवेस गरिसकेपछि तपाईंले अर्डरको अप्सन देख्नु हुन्छ । उक्त अप्सनमा गएर कुन कम्पनीको, कति सेयर, कति मूल्यमा किन्न वा बेच्न चाहेको त्यो टाइप गर्नुहोस् । यसरी टाइप गरिसकेपछि अर्डर भन्ने अप्सनमा गएर क्लिक गर्नुहोस् । क्लिक गर्नासाथ तपाईंको अर्डर ब्रोकरको ब्याक अफिसमा इन्ट्री हुन्छ ।

४, यसरी तपाईंले दिएको अर्डर ब्रोकरको ब्याक अपिस अर्थात् अनलाइन सेयर अर्डरको व्यवस्थापन गर्ने सिस्टममा देखिएपछि ब्रोकर कार्यालयको एडमिनले प्राप्त भएका अर्डरहरुलाई समयक्रम अनुसार कारोबार सिस्टममा इन्ट्री गर्छ । र, तपाईंले गरेको अर्डर अनुसार कारोबार हुन्छ ।


पुष्प दुलाल