फूलको व्यावसायीक खेती हुनुपर्ने: मन्त्री खनाल



काठमाडौं । नेपालमा फूलको खेती व्यवसायीक रुपमा हुने पर्ने कृषि भूमी व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाडी खनालले बताएका छन् ।

व्यवसायीक रुपमा फूलको खेती गर्ने किसानलाई प्रोत्सान गर्नका लागि सरकारले प्याकेजको निर्माण गर्न लागेको मन्त्री खनालले बताए ।

‘नेपालले फूल आयात मात्र हैन निर्यात पनि गर्नुपर्छ, त्यसका लागि आवश्यक सहयोग गर्नका लागि सरकारले प्याकेज बनाउने छ,’ उनले भने ।

उनले नेपाली फूललाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पिधा गर्न योग्य बनाउनका लागि सरकारबाट अनुदानको व्यवस्था गरिने बताए ।

शुक्रबारदेखि २१ औँ पुष्प मेला सुरु भएको छ । कृषि विकास मन्त्रालय र पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपालले स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय नाराका साथ मेला आयोजना गरेको हो ।

मेलामा ८२ वटा स्टल राखिएको छ । ती मध्ये ६२ वटा स्टल फूल व्यवसायीहरुले फूलको प्रदर्शनी गरिरहेका छन् । १० वटामा फ्लोरिकल्चर एशोसिएसनले स्टल राखेको छ । स्टलहरुमा डेलफोनीयम, डिजिटल फ्ल्क, सुनाखरी, एनट्रोनियम लगायतका विभिन्न जातका फूलहरु प्रदर्शनीमा राखिएका छन् ।

मेलामा ५ सय रुपैयाँदेखी ४ हजार रुपैयाँसम्मका फूलका बिरुवाहरु विक्रीका लागि राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसुजु श्रेष्ठले जानकारी दिए ।

मेलामा ६० हजार बढी मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । सो मेलाले ६५ लाख बराबरको कारोबार गर्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु