अब सेयर खरिदबिक्रीको लागि ब्रोक्रर अफिस जानु नपर्ने



काठमाडौं । सेयर खरिदबिक्रीको लागि ब्रोक्रर कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
धितोपत्र बोर्डले सेयर खरिदबिक्री अनलाइनबाट आदेश दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

बोर्डले बोक्ररलाई निर्देशन दिदै ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गरेको हो ।

उक्त व्यवस्थालाई थप परिमार्जन र सुधार गर्दै जाने क्रममा बोर्डद्वारा धितोपत्र दलाल व्यवसायी, हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस प्रणाली प्रदायक कम्पनीहरु तथा लगानीकर्ता संघहरुसँग विभिन्न चरणमा विस्तृत छलफल गरिएको बोर्डले जनाएको छ ।

उक्त छलफलबाट प्राप्त सुझाव अनुरुप हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गरी उक्त सुविधा समावेश गरिएको जानकारी बोर्डमा प्राप्त भएको सन्दर्भमा इच्छुक लगानीकर्ताहरुका लागि आगामी २०७५ सालको शुरु देखि इन्टरनेट मार्फत धितोपत्र खरिद विक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरिएको छ ।

उर्पयुक्त व्यवस्थावाट लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनु पर्न झन्झटको अन्त्य हुने, धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार ⁄ सहज हुने वोर्डको अपेक्षा रहेको छ ।


क्लिकमान्डु