राष्ट्र बैंकमा कर्मचारीलाई २०१% भत्ता !



काठमाडौं । नेपालको सरकारी जागिरमा सबैभन्दा बढी सुविधा दिने जगिर राष्ट्र बैंकको भएको देखिएको छ ।

राष्ट्र बैंकका कर्मचारीले तलबमा थप २०१ प्रतिशत भत्ता लिएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकमा कार्यरत कर्मचारीले २०१ प्रतिशत अतिरित्त भत्ता लिएको जनाएको छ ।

राष्ट्र बैंकमा कार्यरत सामान्य तल्लो तहको कार्यालय  सहयोगीले पनि मासिक ४० हजारभन्दा बढी रकम बुझ्ने गर्छन् ।

त्यसपछि माथिल्ला कर्मचारीको सुविधा त्यो बढी हुन्छ ।

महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ,‘राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई कर्मचारी सञ्चयकोष,औषधी उपचार कोष,उपधान कोष,कर्मचरी सुरक्षा कोष लगायतका १९ किसिमका भत्ताहरु दिएको छ । जसमा ८ वटा भत्ता सबैलाई ११ किसिमका भत्ता विशेष समुहलाई दिएको छ।’

यस्तो भत्ता तलब खर्चको अनुपातमा २०१ प्रतिशत हुन्छ । आर्थिक वर्ष २०७३÷७४ मा यस्तो सुविधामा १ अर्ब ३४ करोडको खर्च लेखिएको छ ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीले सहुलियत पूर्ण ब्याजदरमा ऋण पनि पाउँछन् । अत्याधिक सुविधा पाउने भएपनि राष्ट्र बैंकमा कार्यरत कर्मचारी युनियनले भने सुविधा नपुगेको भन्दै बेला बेलामा आन्दोलन गर्ने गर्छन् ।

यस्तै अवकास हुने बेलामा पनि अन्य सरकारी निकायको भन्द सबैभन्दा आकर्षक सुविधा राष्ट्र बैंकको छ ।

राष्ट्र बैंका गभर्नर र डेपुटी गभर्नरद्वयलाई भने फरक खालको सुविधा हुन्छ । गभर्नरलाई घरभाडाको सुविधा हुन्छ ।


क्लिकमान्डु