वाणिज्य बैंकमा पहिलो महिला सिइओ बनिन् अनुपमा खुन्जेली, मेगाले बनायो सिइओ



काठमाडौं । नेपालको बैकिङ क्षेत्रको इतिहासमा वाणिज्य बैंकमा पहिलो पटक महिला सिइओ नियुक्त भएको छ ।

अहिलेसम्म विकास बैंक र फाइनान्स कम्पनी महिलाले हाकेपनि वाणिज्य बैंकको सिइओ महिला भएका थिएनन् ।

मेगा बैंकको संचालक समितिको बैठकले बैंकमा कामु कार्यकारी अधिकृतमा कार्यरत अनुपमा खुन्जेलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मेगा बैंक स्थापना देखि कार्यरत खुन्जेलीसँग दुई दशकभन्दा बढीको बैकिङ अुनभव छ ।
वाणिज्य बैंकमा पहिलो महिला सिइओ बन्ने रेकर्ड खुन्जेलीले राखेकी छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको संख्या बढेपनि नेतृत्व तहमा भने त्यो संख्या कम छ ।


क्लिकमान्डु