माछापुच्छे  बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा



माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।

२१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ सुरु गरेका थिए । सो पश्चात शर्माले एनएमबि बैंक रमाछापुच्छे  बैंक हुँद नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

माछापुच्छे  बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । बैंकिङ क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मालाई कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छ ।

दरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मामहेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।


क्लिकमान्डु