तीन महिनामै ३२ हजार बढी पर्यटक भित्रिए



काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन् २०१७ को पहिलो तीन महिनामा भन्दा सन् २०१८ को पहिलो तीन महिनामा ३२ हजार ८ सय ९८ बढेको छ ।

सन् २०१८ को जनवरी, फेब्रुअरी र मार्चमा नेपाल नेपाल भ्रमणका आउने विदेश पर्यटकको संख्या २ लाख ८६ हजार ८ सय ८२ पुगेको छ । यो संख्या सन् २०१७ सोही अवधिमा २ लाख ५३ हजार ९ सय ८४ मात्रै थियो । सन् २०१८ को पहिलो तीन महिना मै विदेशी पर्यटक आगमको संख्यामा ११.४६ प्रतिशतले बृद्धि आएको छ । नेपाल भ्रमण आउने पर्यटक मध्ये सबैभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै आउने संख्या बढी छ ।

नेपाल भ्रमणमा आउने पर्यटक मध्ये दुई लाख १६ हजार नौ सय ९८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसैगरी कञ्चनपुर नाकाबाट सात सय २७, कैलाली नाकाबाट नौ, रसुवा नाकाहुँदै २७ सय ८४, भैरहवा नाकाबाट ६४ हजार तीन सय दुई, बाँके नाकाबाट एक सय ५२ र झापाको नाकाबाट १८ सय ६६ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार तीन महिनामा नेपाल भ्रमणमा आएका पर्यटकको संख्यामा विरगञ्ज नाकाको भने उल्लेख भएको छैन ।

अध्यागमन विभागका अनुसार २०१८ को तीन महिनामा दुई लाख ८६ हजार आठ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । यो संख्या स्न २०१७ को पहिलो तीन महिनमा नेपाल आएका पर्यटकको सख्या भन्दा सन् २०१८ पहिलो तीन महिनामा नेपाल आएका पर्यटकको संख्या ३२ हजार ८ सय ४४ ले बढी हो । सन् २०१७ को जनवरी, फेब्रुअरी र मार्च महिनामा नेपाल भ्रमणका आउने विदेशी पर्यटकको संख्या दुई लाख ५३ हजार नौ सय ८४ मात्रै थियो ।

विभाग अनुसार स्न २०१८ को जनवरीमा ७३ हजार १ सय ४४, फेब्रुअरीमा ८८ हजार ९ सय ७३ र मार्चमा १ लाख २४ हजार ६ सय ८१ जना विदेशी नेपाल भ्रमणमा आएका छन् । यो संख्या सन् २०१७ को जनवरीमा ६३ हजार ६ सय ३२, फेब्रुअरीमा ८४ हजार ६१ र मार्चमा १ लाख ६ हजार २ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सबैभन्दा बढी चिनियाँ

नेपाल भ्रमणमा आउने विदेश पर्यटकमा पहिलो पटक चिनियाँ पर्यटक धेरै भएका छन् । सन् २०१७ मा नेपाल भ्रमणमा आउने कुल पर्यटकको १७ प्रतिशत भारतीय नागरिक थिए भने १३ प्रतिशत चिनियाँ थिए ।

तर, सन् २०१८ को पहिलो तीन महिनामा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ । ३ महिनाको अवधिमा चीनबाट नेपाल भ्रमण आउने पर्यटकको संख्या ४० हजार नौ सय ७८ छ । यो संख्या सन् २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो ।

यसैगरी दोस्रो बढी पर्यटक भारतबाट आएका छन् । सन् २०१८ को तीन महिनामा भारतबाट मात्रै ३४ हजार ३ सय १० भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को पहिलो तीन महिनामा ३४ हजार ४ सय ७२ भारतीयले नेपाल भ्रमण गरेका थिए ।

तेस्रो बढी पर्यटक अमेरिकाबाट आएका छन् । सन् २०१६ को पहिलो तीन महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या २१ हजार तीन सय ६९ छ । यो संख्या सने २०१७ को तीन महिनामा १९ हजार सात सय ६७ थियो ।

यसैगरी चौथोमा बढी पर्यटक बेलायतबाट आएका छन् । बेलायतबाट सन् २०१८ को पहिलो तीन महिनामा नेपाल आउने पर्यटकको संख्या १५जार तीन सय ८१ छ ।


क्लिकमान्डु