ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार २ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ५, स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बैंकले १२२ वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।