टंगालमा प्रभु बैंकको शाखा




काठमाडौं । प्रभु बैंकले काठमाडौंको टंगालमा शाखा कार्यालय स्थापना गरेको छ ।
कार्यायलको उद्घाटन बैंकका संचालक अम्बिका शर्मा लामिछानेले बिहीबार गरेका छन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।


क्लिकमान्डु