सूर्योदय लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयरको खरिद बिक्री बिहिबार बन्द हुने भएको छ । संस्थाले गत माघ २५ सम्म कायम २ लाख ८० हजार कित्ता सेयरको १०ः७ कित्ताको दरमा हकप्रद सेयर निष्काशन गरेको थियो ।
लगानीकर्ताले आज बैंकिङ समय भित्र हकप्रदको दरखास्त बुझाउने म्याद रहेको छ ।
लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल, सुर्योदय लघुवित्तका शाखाहरु तथा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत हकप्रद भर्न सक्ने छन् ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस घोषणा गरेको छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।