९ कम्पनीका ३ करोड २१ लाख कित्ता सेयर सूचिकृत



काठमाडौं । यस बर्षको अन्तिम कारोबारको दिनमा नेपाल स्टकएक्सेन्ज (नेप्से)मा ९ वटा कम्पनीका ३ करोड २१ लाख कित्ता बोनस तथा हकप्रल सेयर सूचिकृत भएका छन् ।

प्राइम कर्मसियल बैंकको सबैभन्दा धेरै १ करोड ७० लाख ७८ हजार ६ सय ६६.८९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै जानकी फाइनान्स कम्पनीको ६ लाख १५ हजार ३ सय ४६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

तिनाउ डेभलेपमेन्ट बैंकको ४ लाख ६० हजार ८ सय ४९.९२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सिभिल लघु वित्त वित्तीय संस्थानको ४७ हजार २ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

नागबेली लघु वित्त विकास बैंकको २ लाख ४० हजार ४६.१५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

लुम्बिनी जेनेरल इन्सुरेन्सको १ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

अपि पावर कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सनराईज बैंकको १ करोड ६ लाख ५३ हजार ७६८.५०बोनस सेयर सुचिकृत भएको छ ।

प्रुडेन्सियल इन्योरेन्स कम्पनीको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।


क्लिकमान्डु