नेप्से ३.१० अंकले बढ्यो, २८ करोडको कारोबार




काठमाडौं । साताको चौँथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.१० अंकले बढेको छ । नेप्से ०.२४ प्रतिशतले बढेर १२७३.३३ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार बुधबार १ सय ५८ कम्पनीका ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा २८ करोड ८४ लाख ७८ हजार ७ सय ७२ रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समह ३.२७, माइक्रोफाइनान्स समूह ४.७२, बिमा समूह ४२.१, जलविद्युत समूह १०.०२ र उत्पादनमूलक समूह १२.६ अंकले बढेका छन् ।

वित्तीय समूह ३.३४, होटल समूह १४.१४, विकाश बैंक समूह ८.६१ र अन्य समूह १.८४ अंकले घटेका हुन् ।

नेपाल हाइड्रो डेभलपमेन्टका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाइ गरेका छन् । हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु