उद्योगीलाई ओलीको सुझावः नेपालबाट बाहिरिँदा रेल भरी होस्




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट बाहिरिने रेलमा नेपाली उत्पादनले भरी भएको हुनुपर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५२औं बार्षिक साधारणभा तथा उद्योग बाणिज्य दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा चिनिया रेल ल्याउने बताउँदै आएका थिए । उनको हालैको भारत भ्रमणपछि भारतीय रेल संजाल पनि नेपाली सीमासँग जोडिने सहमति भएको छ । चीन र भारत दुबै देशबाट नेपालमा रेल संजाल जोडिनेभन्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली उत्पादनको बृद्धि गरेर रेल मार्फत निर्यात गर्नतर्फ सोच्न उद्योगी ब्यापारीहरुलाई आव्हान गरे ।

‘नेपालमा छिट्टै रेल आउँछ, नेपाल आउँदा भरी र बाहिरिदा खाली नहोस्, नेपालबाट रेल बाहिरिदा नेपाली उत्पादनले भरी भएको होस्,’ ओलीले भने ।

नेपाली उत्पादन कम हुँदा अहिले भारतबाट नेपालमा सामान ल्याएका ट्रकसमेत खाली फर्कने गरेका छन् । यति मात्रै होइन, नेपालकै तराइ मधेशका जिल्लाहरुबाट सामान लिएर काठमाडौं उपत्यका भित्रिएका ट्रकहरु पनि काठमाडौंबाट बाहिरिदा रित्तै फर्कन्छन् ।


क्लिकमान्डु