कर्मचारी हडतालका कारण लुफ्थान्साको १ हजार उडान प्रभावित, १ लाख १० हजार यात्रु मारमा




काठमाडौं । पाइलट र क्याबिन क्रुले सेवा सुविधा वृद्धिको माग गर्दै हडताल गरेपछि जर्मनीको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक लुफ्थान्सा एयरको १ हजार उडान प्रभावित भएका छन् ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार हडतालका कारण सबैभन्दा बढी मारमा यात्रु परेका छन् । यस्तो हड्तालको कारण १ लाख १० हजार यात्रु प्रभावित भएका एएफपीले जनाएको छ ।

पाइलट तथा क्याबिन क्रुले आफूहरुको सेवा सुविधा वृद्धिका विषयमा व्यवस्थापनले आवश्यक निर्णय नगरे अझै कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

उनीहरुले आगामी शुक्रबारसम्म हडताल जारी रहने जनाएका छन् । ‘माग सम्बोधनका लागि जुन दिनसम्म व्यवस्थापन तयार हुँदैन, तबसम्म हाम्रो हडताल जारी रहन्छ,’ हड्तालमा उत्रिका कर्मचारीले भने ।

हडतालका कारण जर्मनको आन्तरिक उडान बढी प्रभावित भएका थिए । तर लुफ्थान्साले भने ९२९ उडान अवरुद्ध भएको जनाएको छ । कुल ३ हजार उडान मध्ये ३० प्रतिशत उडान अवरुद्ध भएको हो ।

१ लाख १३ हजार यात्री प्रभावित भएको कूल ७० प्रतिशत सेवा भने सञ्चालनमा रहेको लुफ्थान्साले जनाएको छ ।

लुफन्साले भने सोमबारको घटना इतिहासकै नराम्रो परिदृश्य रहेको जनाएको छ । उसले हडतालमा उत्रिएका पाइलट र क्याबिन क्रुलाई सम्वादमा आउन आग्रह गरेको छ ।

‘नसोचेको घटना भयो, जुन हाम्रा लागि दुःखद छ, हामी समस्या समाधानका लागि प्रयास गरिरहेका छौ’ लुफ्थान्साको कार्यकारी समितिले भनेको छ ।

उसले पाइलट र क्याबिन क्रुसँग सम्वाद सुरु भएको समेत जनाएको छ । आइतबार पनि लुफ्थान्साको ५२० उडान रद्द भएका थिए । ती उडान रद्द हुँदा ५८ हजार यात्रु प्रभावित भएका थिए ।

फ्याकफर्ट स्टक एक्चेन्जमा लुफ्गान्साको शेयर भने शुक्रबार ३.२६ प्रतिशतले वृद्धि भएको थियो । सो कम्पनी बढी नाफा कमाउने कम्पनीका रुपमा गनिदै आएको छ ।

शुक्रबार पछि भने शेयर बजारमा लुफ्थान्साको शेयरमा सामान्य गिरावट आएको छ । सो एयरलाइन्स केही समय अगाडिसम्म नेपालमा पनि उडान भर्दै आएको थियो ।


क्लिकमान्डु