ओमेगा ८ नेपाली बजारमा, मूल्य १३ हजार



काठमाडौं । चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी, सजी मोबाइल्सले ओमेगा सिरिजको ओमेगा ८ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ।

यो स्मार्टफोन २.५ डी कवर्भ ग्लास, एड्रोइड नगेट ७.० अपरेटिंग सिस्टमका साथमा छ । जसमा ५.५ इन्चका एचडी– आईपीएस डिस्प्ले छ ।

डिस्प्ले १८ः९ रेसियो फूल भ्यू डिस्प्ले छ । फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।

फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउँदछ ।

फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेज (रोम)मा प्रयोगकर्ताहरुले आफूले चाहेअनुसारको डाटा स्टोरेज गर्न तथा एप्स डाउनलोड गर्न सुविधा दिन्छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिन्छ ।

फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप छ ।

जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको छ ।

फोनको बाहिरी आवरण हेर्दा निकै आकर्षक देखिन्छ जुन स्टेट अफ आर्टमा आधारित रहेको छ जसलाई १८ः९ फूल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको छ । यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु छन् ।

ओमेगा ८ स्मार्टफोन १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु