के भयो एनआरएनए अध्यक्ष भट्ट र पूर्वअध्यक्ष घलेको मिटिङमा ?



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को गत असोजमा भएको निर्वाचनमा अध्यक्षमा भवन भट्ट चुनिए ।

भट्टले निर्वाचनमा जमुना घलेलाई पराजित गरेका थिए । जमुना एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।

एनआरएनएको निर्वाचनमा भट्टसँग शेषको श्रीमती चुनाव उठेपछि एनआरएनएको राजनीति नयाँ रुप लियो । घलेको कार्यसमितिमा उपाध्यक्ष भएर काम गरेका भट्ट सहजै अध्यक्ष हुने अनुमानमा थिए ।

अन्तिममा जमुना घलेको उम्मेद्वारीले भट्ट र घलेको सम्बन्ध समेत सहज भएन ।
४ वर्ष अगाडि एनआरएनएको अध्यक्ष बनेपछि कार्यसमितिमा सहयोग घलेलाई सहयोग गर्नेमा भट्ट थिए । तर,भट्ट आफैले निर्वाचन भने जमुना घलेसँग प्रतिस्पर्धा गरेपनि वास्तविक प्रतिस्पर्धा शेषसँगै गर्नुपर्यो ।

निर्वाचन सकियो भट्ट अध्यक्ष बने । त्यसपछि भट्ट र घलेको सम्बन्ध सहज थिएन । एनआरएनएको निर्वाचनमा घले समुहका धेरैजसो सदस्य पराजित भएका थिए । जसले सहज सम्बन्ध बनाउने बाटो खोलेको थिएन ।

अहिले घले दम्पत्ती नेपालमा छन् । यस्तै भट्टपनि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जानुपर्ने भएको हुँदा नेपालमै छन् । प्रधानमन्त्री ओलीको ३ दिने भारत भ्रमण सकेर आइतबार नेपाल आएका भट्टले आज निवर्तमान अध्यष घलेसँग भेट भएको तस्बिर सामाजिक संजाल फेसबुकमा राखेका छन् ।

उनले एनआरएनएका निवर्तमान अध्यक्ष घलेसँग एनआरएनएले गर्दै आएको कामको विषयमा छलफल भएको कुरा पोस्ट गरेका छन् ।

समग्र एनआरएनए अभियानलाई कसरी अगाडि बढाउने विषयमा निवर्तमान अध्यक्षसँग छलफल भएको भट्टले बताए ।

‘निर्वाचनपछि पहिलो पटक निवर्तमान अध्यक्षसँग संस्थालाई अगाडि बढाउने विषयमा छलफल भयो, उहाँले आफुले पूर्ण सहयोग गर्ने बचन दिनुभयो’,भट्टले क्लिकमाण्डूसँग भने ।

उनले एनआरएनएमा लोकतान्त्रिक तरिकाले भएको निर्वाचनपछि कुनैपनि प्रकारको गुटउपगुट नरहेको बताए । तस्बिरः भवन भट्टको फेसबुक


क्लिकमान्डु