चितवनको गीतानगरमा पनि एनआईसी एशिया बैंक



काठमाडौं । एनआईसी एशिया बैंकले चितवनको गीतानगर-चोकबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शाखाको संयुक्त उद्घाटन गरेका छन् ।

मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन ।

बैंकले १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ माफत् बैकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ५४ अर्ब रुपैयाँ छ । बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको र कुल निक्षेप करिब १ र्ख ३० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ ।


क्लिकमान्डु