बेष्ट फाईनान्सको २१औं साधारणसभा




काठमाडौं । बेष्ट फाईनान्स कम्पनीले २१ औं वार्षिक साधारणसभा गरेको छ । सभाले सिनर्जी फाइनान्सलाई उक्त फाइनान्सको १ कित्ता बराबर बेष्ट फाइनान्स कम्पनीको १ कित्ताको शेयर रेसियो निर्धारण गरी प्राप्ती गर्ने निर्णय गरेकोछ ।

नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम यस्तो प्राप्तीपछि कम्पनीको चुक्ता पुँजी ८९ करोड रुपैयाँ पुग्ने साधारणसभामा जानकारी दिइयो ।

प्राप्ती पश्चात कम्पनीको नाम बेष्ट फाइनान्स कम्पनी रहने र केन्द्रिय कार्यालय हाल सिनर्जी फाईनान्स कम्पनीको कर्पोरेट कार्यालय रहेको भवन कमलादी काठमाण्डौंमा रहने जानकारी दिइएको छ ।

दुबै फाइनान्सको गरी चैत २१ गतेसम्ममा २ अर्व ११ करोड ६० लाख रुपैयाँ निक्षेप, १ अर्व ८३ करोड ५९ लाख रुपैयाँ कर्जा र १४ हुनेछन् । सिनर्जी फाइनान्सकोले पनि सोमवारै साधारणसभा गरी बेष्ट फाइनान्समा गाभ्ने निर्णय गरेको थियो ।

संस्थालाई थप परिस्कृत गर्दै अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहक माझ पु¥याउन मोबाइल बैकिङ्ग, एस एम एस बैंकिङ्ग, ए टि एम तथा अन्य सुविधाहरुको समेत तयारी गरिएको छ भने आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ कम्पनीका अध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।

संस्थाको प्रबर्धनमा संस्थापक समुहमा गैरआवासीय नेपालीहरु राजेन्द्र कुमार शर्मा (कतार), रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द, जापान) लगायत स्थानीय लब्ध प्रतिष्ठित ब्यक्तिहरुको प्रवेश भएको थियो ।


क्लिकमान्डु