स्वेतपत्रमा कांग्रेसको आधिकारिक टिप्पणीः सरकारले लालपत्र ल्यायो



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको स्वेतपत्रमा टिप्पणी गर्दै नेपाली कांग्रेसले लालपत्र ल्याएको बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी मुख्यालयमा पत्रकार सम्मेलनमा सरकारले आशा र भरोसा दिनुपर्नेमा ढुकुटी रित्तो भएको भनेर भ्रम छार्न खोजिएको बताए ।

‘सरकारले हामीले शुन्यबाट सम्बृद्धिको यात्रा सुरु गरेको भनेर भ्रम छर्न खोज्यो,इतिहासमा भएको कामलाई अवमुल्यन गरियो’,शर्माले भने ।

यसअघि स्वेतपत्रमा कांग्रेसका धेरैजसो नेताले व्यक्तिगत रुपमा आलोचना गरेपनि पार्टीले स्वेतपत्रको बारेमा आधारिक धारणा सार्वजनिक गरेको थिएन ।

कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको कारण औपचारिक कार्यक्रम नगरेको कारण स्वेतपत्रमा आधिकारिक धारणा राख्न ढिलो भएको कांग्रेसले जनाएको छ ।


क्लिकमान्डु