साढे ७ अंकले घट्यो नेप्से, ९४ करोडको करोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक ७.५२ अङ्कले घटेको हो । ०.५८ प्रतिशतले घट्दा नेप्से परिसूचक १२८७.१३ बिन्दुमा अडेको छ ।

आज १६९ कम्पनीले कारोबार गरेका छन् । २६ लाख २ हजार ५ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड २० लाख ९३ हजार ४ सय ९ रुपैयाँको कारोबार भएको छ ।

बैंक ६.४१, होटल ३६.७४, विकास बैंक १८.६४, जलविद्युत ३७.५९, वित्तीय ०.६९, बीमा २८.६, उत्पादनमूलक २१.१५ र माइक्रोफाइनान्स ४.८७ अंकले घटेका छन् ।
अन्य समूह २.९१ अंकले बढेको छ ।

सिर्जना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाई गरेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.७७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु