भारतसँग सम्झौताभन्दा मित्रता ठूलोः प्रधानमन्त्री ओली



नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्झौताभन्दापनि मित्रता ठूलो कुरा बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई औपचारिक स्वागत गरेपछि उनलाई भारतीय सेनाले गार्ड अफ अनर दिएको छ ।

सम्मान ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले मिडियासँग छोटो कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसितको भित्रतामा जोड दिए ।

उनले सन्धी सम्झौताभन्दा मित्रता ठूलो हुने बताउदै भारतसित सबभन्दा पहिला मित्रताको सम्बन्ध राख्न चाहेको बताए ।


क्लिकमान्डु