जनता बैंक ९औं बर्षमा प्रवेश




काठमाडौं । जनता बैंक ८ बर्ष पुरागरी ९औं बर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रमगरी ९औं बार्षिक उत्सव मनाएको छ ।

सोहि अवसरमा बैंकले नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासको भान्सा कोठा सुधारको लागि २५ हजार रुपैयाँ नगद र समाज कल्याण अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिब १० हजार रुपैयाँको खाद्यान्न वितरण गरेको छ ।

बैंकले विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई २ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

साथै, बैंकले बैकिङ साक्षरता सम्बन्धी चेतनामुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमलगायत योजना गरेको छ ।

बैंकले १०६ शाखा कार्यालय मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ । बैंकले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ५० अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ ।


क्लिकमान्डु