दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय



सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ ।

उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवानाको सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहेकी छन् ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ अनुसन्धानका लागि थुनामै रहदै आएकी थिइन् ।

उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए ।

पार्क ६६ वर्षकी भएकी छन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् । रासस/एएफपी


क्लिकमान्डु