भारतीय लगानीकर्तालाई ओलीले भनेः नेपाल आउनोस्, सबै खाले सुरक्षा दिन्छौ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्तासँग नेपालमा लगानी गर्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रधामन्त्री ओलीको तीन दिने राजकिय भ्रमणको पहिलो दिन भारतीय लगानीकर्तालाई सम्बोधन गर्दै उनले २ तिहाईको स्थिर सरकार बनेको हुँदा नीतिमा स्थिरता आउने बताए ।

‘सरकारको काम कारबाही भष्ट्रचार रहित हुनेछ, लगानी गर्न आउनु होस् सरकारले सबै खालका सुरक्षाको जिम्मा लिन्छ,’ प्रधानमन्त्री ओलि भारतीय ब्यवसायीहरुको कार्यक्रममा भने ।
उनले नेपालले उदार कर प्रणाली अबलम्बन गरेको र सरकारले लगानीका लागि अपनाउनु पर्ने उदार नीति अपनाउने जानकारी दिए ।

लगानी कर्ताले खोज्ने सुरक्षा र बजारको पहुँच भएको त्यो नेपालसँग भएको ओलिको भनाई छ । उनले दुई छिमेकी मूलुक साढे २ अर्ब जनसंख्याको बजारतर्फ इकित गर्दै सो बताएका हुन् ।

‘नेपालले एलडीसी सुविधा अन्तरगत छिमेकी मुलुक र युरोपबाट भन्सार रहित बजार पहुँच पाएको छ, अमेरिकाले ७० वटा बस्तु निर्यातमा विशेष दिएको छ, यसको सदुपयोग गर्न तपाईहरु सक्नु हुन्छ,’ उनले थपे ।

नेपालले पूर्वाधार विकासमा विशेष ध्यान दिएको बताउँदै प्रधानमन्त्री ओलिले क्रसबोर्ड सडक र क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माणमा प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्रीले विशेषगरी भारतीय लगानीकर्तालाई पर्यटन, जलविद्युत, खानी र जडिबुटीमा लगानी गर्न जोड दिए । नेपाल राजनीतिक संक्रमणकाल सकिएको र अब सरकारले आर्थिक विकास मै जोड दिने दाबी गरे ।

हाम्रो मुख्य उद्देश्य नेपाली जनताको सामाजिक तथा आर्थिक जीवनस्थर उकास्नु रहेको बताउँदै प्रधानमन्त्री ओलिले नेपालीलाई सुखी बनाउन सरकार लागेको जानकारी दिए । नेपालले सन् २०३० सम्ममा मध्यआयमा पुग्ने लक्ष्य राखेको यसको लागि लगानी आवश्यक हुने बताए ।

उनले नेपालले उदार आर्थिक नीति अबलम्बन गरेको र त्यसबाट पछाडि नफर्किने र निजी लगानीलाई सरकारबाट आवश्यक सम्पूर्ण सुरक्षाको व्यवस्था गर्ने उद्धघोष गरे ।

‘नेपालमा ठूला लगानी भित्राउने निकायको रुपमा लगानी बोर्डले काम गरिरहेको छ, त्यसको नेतृत्व प्रधानमन्त्रीको अध्यक्षता रहेको छ त्यसमा निजी क्षेत्रको पनि प्रतिनिधित्व छ,’ प्रधानमन्त्री ओलिले भने ।


क्लिकमान्डु