सेञ्चुरी बैंकको क्यालेन्डरको बिमोचन




काठमाडौं । सेञ्चुरी बैंकले २०७५ सालको क्यालेन्डर बिमोचन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले बिमोजन गरेका हुन् ।

सो क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैकको ८३ शाखा र ८ वटा एक्स्टेन्सन काउण्टर र १० वटा शाखारहित बैकिङ सेवा संचालन छन् ।


क्लिकमान्डु