२४ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३.९४ अंकले बढेको छ । नेप्से १.९५ प्रतिशतले बढ्दा १२५०.३९ अंकमा पुगेको हो ।

बिहीबार १६८ कम्पनीको सेयर खरिद बिक्री भएका छन् । १५ लाख १४ हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ६१ करोड ९३ लाख ८३ हजार ६ सय ६६ रुपैँयाको कारोबार भएको छ ।

बैंक १८.९९, होटल १४.७१, विकास बैंक ३१.८१, जलविद्युत ३५.७५, वित्तीय ५.१, बीमा १७४.९५, उत्पादनमूलक ४९.५६, अन्य ७.९२ र माईक्रोफाइनान्स ३५.४५ अंकले बढेका छन् ।

तिनउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतले कमाई गरेका छन् ।

यस्तै गुहेश्वरी मर्चान्डका लगानीकर्ताले ५.१९४८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु