एकसातामा बैकिङ प्रणालीमा १२ अर्ब निक्षेप थपियो, कर्जा ५ अर्बले बढ्यो



काठमाडौं । एकसातामा बैकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकसँग गत चैत १६ गतेसम्ममा २२ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप छ । चैत ९ गतेसम्म यस्तो निक्षेप २२ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।

स्वदेशी मुद्रामा गत शुक्रबारसम्म वाणिज्य बैंकसँग २१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप छ । विदेशी मुद्रामा ८१ अर्ब रुपैयाँ छ । चैत ९ सम्म स्वदेशी मुद्रामा २१ खर्ब ५७ अर्ब तथा विदेशी मुद्रामा ७९ अर्ब रुपैयाँ निक्षेप थियो ।

गत शुक्रबारसम्म वाणिज्य बैंकले १९ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । यस्तो कर्जा चैत ९ सम्म १९ खर्ब ६९ अर्ब थियो ।

स्वदेशी मुद्रामा कर्जा १९ खर्ब ३२ अर्ब छ । अघिल्लो साता १९ खर्ब २८ अर्ब थियो । विदेशी मुद्रामा ४१ अर्ब रुपैयाँ कर्जा बढेर यो साता ४३ अर्ब रुपैयाँमा पुगेको छ ।


क्लिकमान्डु