चीनसँग नेपालले किन्छ दैनिक साढे १६ लाखको लसुन



काठमाडौं । ‘कुनै समय नेपालले विदेशीलाई कृषि उत्पादन बेचेर राम्रो आम्दानी गर्थ्यो’ भन्दा अहिलेको पुस्तालाई पक्कै पनि विश्वास लाग्दैन ।

किनभने पछिल्ला केही दशकमा नेपालले कृषि उत्पादन किन्नका लागि ठूलो धनरासी खर्च गर्न थालेको छ ।

भारतसँग नेपालले वर्षेनि अर्बौ रकम बराबरको चामल, तरकारी तथा फलफूल किन्दै आएको छ । त्यतिमात्रै होइन, पछिल्ला वर्षहरुमा नेपालले चीनसँग पनि किन्ने कृषि उत्पादनको मात्रा बढाउँदै लगेकोको मात्रा बढाउँदै लगेको छ ।

नेपाली युवाहरु रोजगारी खोन्दै खाडी मुलुकतिर जाने अनि उसले पठाएको रेमिट्यान्सले देशमा बसेका परिवारका सदस्यले कृषि वस्तुसमेत विदेशबाट किनेर खाने प्रवृत्ति बढ्दा यस्तो भएको हो ।

उदाहारणका लागि एउटा कृषि प्रोडक्टको आयातलाई नै लिऔं । खासगरी सब्जीमा प्रयोग गरिने लसुन नेपालभर उत्पादन हुन योग्य छ ।

तर चीनबाट मात्रै नेपालले दैनिक साढे १६ लाख रुपैयाँ बराबरको लसुन आयात गर्दै आएको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा चीनबाट ३५ करोड ३ लाख रुपैयाँ बराबरको लसुन आयात भएको उल्लेख छ । जुन मासिक ५ करोड र दैनिक १६ लाख ६६ हजार रुपैयाँ हुन आउँछ ।


पुष्प दुलाल