एनआईबिएलएस क्यापिटलको ३ वटा शाखा विस्तार




काठमाडौं । एनआईबीएलएस क्यापिटलले एकैसाथ विरगञ्ज, बुटवल र बिराटनगरमा शाखा विस्तार गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनीले ३ वटा स्थानमा शाखा विस्तार गरेको हो ।

कम्पनीले १ लाख ५० हजार भन्दाबढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल लगायत ३७ वटा कम्पनीहरुकोसेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।


क्लिकमान्डु