विदेश जाने तयारीमा हुनुहुन्छ ? यी संस्था र एजेन्टको विश्वास गर्दा फसिएला नि !



काठमाडौं । सरकारले बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित गर्न भन्दै अवैधानिकरुपमा काम गर्दै आएका ३ सय ९० वटा संस्था तथा एजेन्ट खारेजी गरेको छ ।

वैदेशिक रोजगार विभागले कामदारसँग सरकारले तोकेकोभन्दा बढी रकम लिने गरेको भन्दै एजेन्ट खारेज गरेको हो । एजेन्टका कारण रोजगारीमा जाने कामदार माथि आर्थिक भार परेको भन्दै लामो समयदेखि म्यापावर व्यवसायीले ऐजेन्ट खारेज गर्न सरकारसँग माग गरिरहेका थिए ।
एजेन्टले कामदारको पासपोर्ट झोलामा बोकेर हिँड्दै म्यानपावर व्यवसायीसँग बार्गेनिङ गर्ने प्रवृति मौलाएको थियो ।

एजेन्टका कारण कामदारले म्यानपावरका सञ्चालाकसँग प्रत्यक्ष भेटघाट गर्न पाउने अवस्था थिएन । एजेन्टले नै विभिन्न प्रलोभन देखाउँदै म्यानपावर व्यवसायीले भनेको भन्दा बढी सेवा सुविधा देखाउँदै कामदारमाथि बढी रकम लिइरहेको थिए ।

ऐजेन्टका कै कारण राम्रो काम गरिरहेको व्यसायी पनि ठगिको आरोमा विभिन्न समयमा मुद्दा खेप्न बाध्य थिए । कुनै म्यानपावर कम्पानीले ३० हजार रुपैयाँ अफिर रेट राखेपनि ऐजेन्ट १ लाख रपैयाँसम्म कामदारसँग असुल्ने काम भइरहेको थियो । कामदार माथि हुने गरेको शोषण अन्त्यका लागि नै ऐजेन्ट खारेज गरेको विभागको भनाइ छ ।

विभागले द रिभर ओभरसिज कैलालीशाखा, चन्द्रमा ओभरसिज पाँचथर, इसान ओभरसिज झापा लगायतका विभिन्न जिल्लामा रहेको शाखा कार्यालय तथा ऐजेन्ट खारेज गरेको हो ।

पूर्णविवरण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल