सेयर बजारको यो कम्पनी जसमा बिचौलियाले कमाए, लगानीकर्ताले डुबाए



काठमाडौं । साधारण सेयर जारी गरेपछि नियमित सेयर कारोबार भएको छ । सेयर जारी गरेको यतीका वर्षभइसक्यो तर,अहिलेसम्म एक रुपैयाँ लाभांश दिएको छैन ।

बढ्दो बजारमा विभिन्न हल्ला चलाउने र भाउँ बढाउने र त्यसपछि फाइदा लिने र लगानीकर्तालाई डुबाउने कम्पनी हो नेशनल हाइड्रो पावर ।

गत साउन २९ गते नेशनल हाइड्रो पावरको सेयर मुल्य पछिल्लो समयको उच्च प्रतिकित्ता १६५ पुग्यो ।

त्यो समय नेशनल हाइड्रो पावरमा सेयर बजारको ठूलो लगानीकर्ता समुह हाथवेले लगानी गरेको र कम्पनीको व्यवस्थापन नै हाथवेले लिने आधारमा सेयर मुल्य १६५ पुग्यो । हाथवेले नेशनलको केही सेयर उठाएपनि व्यवस्थापन नियन्त्रणमा लिने गरेर संचालक समिति बनेन ।

अहिले नेशनल हाइड्रो पावरको सेयर मुल्य प्रतिकित्ता ८८ पुगेको छ । नेशनल हाइड्रो पावरको सेयर कुनैबेला प्रतिकित्ता ७ सयमा पुगेर प्रतिकित्ता ३५ सम्म झरेको रेकर्ड छ ।

सेयर बजारमा सूचिकृत कम्पनीहरुमा अहिलेसम्म लगानीकर्तालाई केहीपनि लाभांश नदिएका कम्पनी अरुपनि छन् । तर,सेयर बजारमा तीव्र उतारचढाव हुने कम्पनी नेशनल हाइड्रो हो ।

नेप्सेमा नेशनल हाइड्रोको १ करोड ३८ लाख ५१ हजार ८६२ कित्ता सेयर सूचिकृत छ । यसको बजार पुँजीकरण १ अर्ब २१ करोड रहेको छ । आइपिओ मुल्यको आधार मान्दापनि नेशनल हाइड्रोबाट लगानीकर्ताले प्रतिकित्ता १७ करोड गुमाएका छन् ।
अझै प्रतिकित्ता १६५ पुग्दा किन्नेहरुको लगानी ५० प्रतिशतभन्दा डुबेको छ ।

व्यवसायिक क्षेत्रमा बद्नाम मानिएको एनबी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी एनबी ग्रुपले कहिलेपनि राम्रोसँग चलाएन । एनबी ग्रुपपछि समस्यामा पर्दै गएपछि अहिले एनबीसँग बहुमत सेयर छैन ।

लगानीकर्तालाई केहीपनि नदिने कम्पनीलाई सेयर बजारमा सूचिकृत भने कहिलेसम्म गराउने हो त्यो भने कुनै नीति र नियम छैन । केही दिन अगाडि क्लिकमाण्डूसँगको अन्तरवार्तामा सेयर बजारका लगानीकर्ता राकेश अडुकियाले लामो समयसम्म लाभांश नदिने कम्पनीको सेयर बजारमा कारोबार गर्नुको औचित्य नहुँने बताएका थिए ।

नेशनल हाइड्रो पावरपछि आएका जलविद्युत् कम्पनीले लगानीकर्तालाई राम्रो नै लाभांश दिएका छन् । केही कम्पनीको पथ भने नेशनल हाइड्रो तर्फ लागेको देखिन्छ ।

नेशनल हाइड्रो पावरले साढे ७ मेगावाटको इन्द्रावती जलविद्युत् निर्माण गरेको छ । साढे ४ मेगावाटको सुनकोशीको स्वामित्वपनि नेशनलसँग छ ।

अहिले सेयर बजार घट्दो क्रममा रहेको छ । लगानीकर्ताहरुले घट्दो बजारमा सस्तोमा पाएको भन्दै यस्तो खालका कम्पनीमा सेयर खरिद गर्ने गर्छन् । पछि यस्तो कम्पनीको बारेमा अनेक हल्ला चल्छ ।

सेयर मुल्य बढ्छ । लगानीकर्तालाई केहीपनि नदिने कम्पनीको सेयर किन्ने अनि सेयर बजार घट्यो भनेर गाली गरेर भने केही अर्थ भने हुँदैन ।


क्लिकमान्डु