सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चण्डेश्वरी उच्च माध्यमिक विद्यालय काभेलाई ३ थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

बैंकको ९३ वटा शाखा, १० वटा शाखारहित बैंकिङ सेवा र ८ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु