गैर कानुनी ढंगवाट सेयर निष्कासन नगर्न धितोपत्र बोर्डको चेतावनी



काठमाडौं । विभिन्न जलविद्युत् कम्पनीले गैर कानूनी ढंगले सार्वजनिक सेयर निष्कासन गरेकोमा धितोपत्र बोर्डले चेतावनी दिएको छ ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशनगर्ने धितोपत्रनिष्काशनगर्नु अघि बोर्डमादर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेकोमा कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानीगर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेकोमा बोर्डमो ध्यानकर्षण भएको जनाएको छ ।

यसरी धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिकनिष्काशनगर्न सम्वन्धित सम्पूर्ण सगठित संस्थाहरुलाई सूचित गरेको छ ।

यसरी गैरकानुनी ढंगवाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरुमा लगानीगर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि लगानी कर्तालाई बोर्डले सर्तक गराएको छ ।

वोर्डले विगतमा यस्ता गैर कानुनी ढंगवाट सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थाहरुलाई धितोपत्र निष्काशन गर्न रोक लगाएको र लगानीकर्ताहरुलाई समेत सर्तक गराइएको व्यहोरा समेत जानकारी गराएको छ ।


क्लिकमान्डु