सिटिजन्स बैंकले कुलेश्वर माध्यमिक विद्यालयलाई साढे १ लाख रुपैयाँ सहयोग गर्यो




काठमाडौं । सिटिजन्स बैंकले कुलेश्वर माध्यामिक विद्यालयलाई साढे १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ११औं बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका प्रार्चाय एसके नेपाललाई साढे १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालयले सो रकमबाट विद्यालयलाई आवश्यक फर्निचर किन्ने जानकारी दिएको छ ।


क्लिकमान्डु