नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद वैशाख ५ गतेदेखि




काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

चैत्र २२ गतेसम्म बुकक्लोज भएका सेयर धनीले १ बराबर १ अनुपातमा हकप्रद भर्न सक्नेछन् ।

इन्स्योरेन्सको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद सेयर खरिद एवम् दरखास्तका लागि एन आईबिएल एस क्यापिटल लिमिटेड , लाजिम्पाट , काठमाडौं तथा शाखा कार्यालयहरु , लालदरबार काठमाडौं , लगनखेल , ललितपुर तथा चिप्लेढुङ्गा पोखरामा सम्पर्क गर्न सकिन्छ ।

साथै नेपाल इन्सोरेन्स कम्पनी लिमिटेडको रजिष्टार्ड कार्या कमलादी काठमाडौं तथा कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिन्छ ।

यसरी नै नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउन सकिन्छ ।


क्लिकमान्डु