एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पदमार्ग संचालनमा




काठमाडौं । नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पद मार्गको सञ्चालनमा ल्याएको छ ।

कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिसँगको व्यवस्थापनमा संचालन नयाँ अपाङतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा आएको छ ।

बोर्डले कास्कीका देउराली–नौडाडा अपाङ्गतामैत्री पदमार्ग सञ्चालनमा ल्याएको हो । पदमार्गको लम्बाई १.३ किलोमिटर छ । पदमार्गको औपचारिक रुपमा सुरुवात संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरेको छन् । उद्घाटन कार्यक्रममा एक सयभन्दा बढी अपाङ्गता भएका पनि सहभागी थिए ।

स्थानीयस्तरमा अपाङ्गतामैत्री संरचना र गतविधिको आवश्यकता बारे चेतना जगाउने, नेपालको पर्यटन प्रवद्र्धन गर्ने र नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा पनि पहुँचयुक्त पदयात्रामार्ग बन्नुले संसारका अरु गन्तव्य लाई प्रेरित गर्ने बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी बताउँछन् ।


क्लिकमान्डु