एक हप्तामै बैंकहरुले निक्षेपभन्दा ४ गुणा धेरै कर्जा बढाए



काठमाडौं । लगानी योग्य पुँजी (तरलता) को चरम अभाव हुँदाहुदै पनि बैंकहरुले फेरि कर्जा बढाएका छन् । पहिले नै स्वीकृत गरिसकेको ऋणको किस्ता दिँदा बैंकहरुको कर्जा निक्षेप संकलन भन्दा ४ गुणाले बढेको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक हप्तामा बैंकहरुले ५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । तर, यो अवधिमा निक्षेप भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

चैत पहिलो सातासम्म वाणिज्य बैंकहरुले कूल २२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि एक हप्ताअघि २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

तरलता अभाव भएपछि बैंकहरुले नयाँ कर्जा विस्तार ठप्प बनाएका थिए । पहिले नै प्रतिवद्धता गरेको कर्जा भने बैंकहरुले दिइरहेका छन् ।

‘वितेका डेढ महिनायता तरलता अभावका कारण बैंकहरुले नयाँ कर्जा दिन छाडिसकेका छन्,’ बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकरी अधिकृत ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल