हर्षद मेहता काण्ड र सेयर लगानीकर्ताको दशा




चन्द्रमाको कारणले कसरी सेयर बजार र व्यक्तिको पाटाहरुलाई प्रभाव पार्दछ भन्ने हाम्रो खोज हो । त्यही खोज र आधारलाई पुष्टी पार्न र ज्योतिषीय सिद्धान्तलाई प्रमाणिकरण दिनका लागि एउटा कुण्डलीको विश्लेषण गर्ने प्रयास गरेका छौँ । यस प्रमाणले ज्योतिषीय सिद्धान्तको प्रयोगबाट लगानीकर्ता कसरी जोखिम रहित भै धितोपत्रको कारोबारमा संलग्न रहन सकिन्छ भन्ने हो । ग्रहहरुको प्रभावले व्यक्तिलाई कसरी उठाउछ र लघार्छ भन्ने हो ।

ग्रहां राज्य प्रयच्छान्ति ग्रहां राज्य हरन्ति चः
ग्रहैण्र्यातमिदं सर्व त्रौलोक्यं सचराचरम् ।

अर्थात् ग्रहले नै राज्य प्रदान गर्दछ र ग्रहले नै राज्य हर्दछ । ग्रह नै तीनै लोक तथा चराचरमा व्याप्त रहेको छ ।

सन् १९५४ जुलाई २३ विहानको १०ः२० बजे भारतको राजकोटमा हर्षद मेहताको जन्म भएको थियो । सन् १९९२ मा भएको धितोपत्र घोटालाका आरोपी मेहताको कुण्डलीमा कस्तो ग्रहहरुको प्रभाव छ भनी हेर्ने प्रयास गरौँ ।

साधारण परिवारमा जन्मेका मेहताको कुण्डलीमा महान धनयोग वनेको छ । धन स्थानमा उच्चको शनिले उनलाई अति धनी बन्ने योग वनाएको छ । लग्नेश बुध दशम स्थानमा (कर्म) स्वगृही भइ भद्रा नामक पंचमहापुरुष योग बनाएको छ । बृहस्पति र बुधको युक्तिले कुण्डलीमा चारवटै केन्द्रहरुको प्रभावलाई दशम स्थानमा केन्द्रित गरेर प्रवल धनयोग वनाएको छ । यी सबै केन्द्रभावलाई लक्ष्मी स्थान पनि भनिन्छ ।

उनको कुण्डलीमा चन्द्रमाले बनाएका धेरै धनयोगहरु छन् । चन्द्रमा आफै आय स्थानमा स्वग्रही भैकन उच्च आयको आधारशीला खडा गरेको छ । चन्द्रमादेखि द्धितीय स्थानमा शुक्रको अवस्थितिले सुनफा योग बनाएको छ । चन्द्रमादेखि द्धादश स्थानमा अनफा योग बनाएको छ । द्धादश स्थानमा बसेको शुक्र र चन्द्रदेखि द्धादश स्थानमा बनेको प्रवल अनफा योगले खर्चालु ऐश्यासी र मनोरन्जनप्रेमी बनाएको देखिन्छ ।

चन्द्रमादेखि द्धितीय स्थानमा शुक्र र चन्द्रमादेखि द्धादश स्थानमा रहेको बृहस्पति र बुधले दुझधरा योग बनाएको छ । दुबै स्थानमा प्राकृतिक शुभग्रहहरु भएकाले यसलाई विशिष्ट धनप्रदायक दुझधरा योग भनिन्छ । अष्टम् स्थानलाई आकास्मिक लाभ, गढिएको धन प्राप्ती भनिन्छ । अष्टम् स्थानको कुण्डलीमा अष्टम स्थान स्वामी मंगल केन्द्रमा (चतुर्थस्थान) बसी शुभग्रह बुध र ब्रहस्पतीको दृष्टिले गर्दा सट्टेवाजीको योग बनाएको छ । अष्टम स्थानको कारकग्रह शनि धनस्थानमा उच्चको भै बस्नु र अष्टम स्थानलाई दृष्टि दिनुले गर्दा सेयर बजारमा उचाईमा पुर्याउने योग उनलाई बन्यो ।

यसले के पुष्टी गर्दछ भने शेयर बजारमा ग्रहको प्रभावले असर गरिरहेको हुन्छ । र, व्यक्तिको मानसिकता र कार्यमा पनि ज्योतिषीय दृष्टिकोणबाट लगानी गर्दा हामी धेरै प्रकारका हानीबाट बच्न सक्छौँ ।

पंचम स्थानलाई पनि प्राप्ति स्थान भन्न सकिन्छ । किनकि सेयर बजार भन्नाले कर्मचन्दा भाग्य ठूलो हो । यहाँ श्रमकोभन्दा भाग्यको बढी प्रयोग हुन्छ । भाग्यको लागि पूर्वजन्मको संचितकर्मको अवस्था वलियो हुनुपर्दछ । पंचम स्थानलाई भाग्य स्थानबाट भाग्य भनिने भएकाले यसले संचित कर्मको फल दिलाउँछ । मेहताको कुण्डलीमा पंचमस्थानको कारकग्रह बृहस्पति केन्द्रमा लग्नेशसँग युक्त भै बसेको छ भने पंचम् स्थानको स्वामी शनि धनस्थानमा उच्चको भइ बसेको छ ।

मेहतालाई सन् १९७३ सेप्टेम्बर २७ देखि बुधको दशा प्रारभ्म भएको थियो । बुध वाणिज्य कारक ग्रह हो । बुध लग्नेश भै दशम् स्थानमा स्वगृही भै बसेकाले मेहताका लागि यो समय सफलता र आर्थिक कारणले निकै उचाईमा पुर्यायो । स्नातकपछि उनले सेल्सम्यानबाट आफ्नो कार्य प्रारम्भ गरे । सन् १९८० मा उनले ब्रोकर कार्यालयमा तल्लोस्तरको कर्मचारीको रुपमा कार्य प्रारम्भ गरे । सन् १९८४ मा उनी बम्बई स्टक एक्सचेन्जको ब्रोकर बन्न सफल भए । ग्रोभर रिसर्च एण्ड एसेट म्यानेजमेन्ट उनको कम्पनी थियो । १९९० ताका उनलाई ‘विगबुल’ र अमिताभ बच्चन अफ स्टक मार्केट भनिन्थ्यो ।

मेहताको कुण्डलीमा चन्द्रमाका कारणबाट बनेका सम्पूर्ण योगहरु फलित भै फेरि अन्त्य भएको देखिन्छ । सुनफा, अनफा, पुरुधरा र चन्द्रमा आय स्थानमा स्वगृही भएर पनि चन्द्रमा अस्त भएका कारणले सम्पूर्ण योगहरुको प्रभाव लामो समय टिक्न सकेन । प्रगति र सफलता केवल पानीको फोका जस्तो मात्र भयो ।

मेहताको जन्म आमाबस्य (औंसी) तिथीमा भएको थियो । पराशर ऋषिका अनुसार औसीको जन्म एक जन्मदोष हो । चन्द्रमा सूर्यसँग अति जिकटभई अस्त हुनुलाई औँसी भनिन्छ । जसले गर्दा उनको कुण्डलीमा चन्द्रमा वल र शक्ति बिहीन भएको छ । उनको कुण्डलीमा आंशिक कालसर्प योग पनि रहेको छ । यो योगले छोटो समयमा धेरै उचाइमा पुर्याउने र त्यो उचाई पनि छोटो समयमा नै नाश गराउने कार्य गर्दछ ।

उनलाई १९९० सेप्टेम्बर २७ देखि केतुको महादशा चलेको थियो । केतुको पंचमदृष्टि धनस्थानमा र त्यहाँ रहेको शनिलाई पर्न गयो । साथै नवम् हानी, ऋण, रोग र शत्रु स्थानमा पर्यो । चन्द्रलाई शनि र मंगल दुई पापग्रहको दृष्टि रहेको छ । शनि कुण्डलीमा षष्टेश पनि हो । र, मंगल कन्या लग्नको कुण्डलीमा प्रवल अकारक रहन्छ । धनेश शुक्रलाई पनि राहुले पंचम् दृष्टिबाट हेरिरहेको छ । जब केतुमा मंगलको अन्तरदशा २३ अप्रिल १९९२ मा चलिरहेको थियो, त्यही बेला उनको घोटला प्रकरणको भण्डाफोर भएको थियो । मंगल राहुसँगको युक्तिले अंगारक योगमा छ ।

यसले के पुष्टी गर्दछ भने शेयर बजारमा ग्रहको प्रभावले असर गरिरहेको हुन्छ । र, व्यक्तिको मानसिकता र कार्यमा पनि ज्योतिषीय दृष्टिकोणबाट लगानी गर्दा हामी धेरै प्रकारका हानीबाट बच्न सक्छौँ ।
[email protected]
(ज्योतिष पुडासैनीले यो लेख ज्योतिष शास्त्रीय दृष्टिकोणबाट तयार पारेका हुन् । लेखमा ब्यक्त बिचार लेखकका निजी हुन् ।)


क्लिकमान्डु