बैदेशिक रोजगारमा ठगहरुको बिगबिगीः आठ महिनामै १४ सय युवाको साढे ६७ करोड ठगी



काठमाडौं । बैदेशिक रोजगारीमा जानेहरु ठगिने संख्या बढ्दो छ । चालू आर्थिक वर्षको ८ महिनामा साढे ६७ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।

वैदेशिक रोजारीमा गएका र जाने तयारीमा रहेको १३ सय ८३ युवाले आफुहरुलाई रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै दलादहरुले ६७ करोड ६८ लाखरुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका छन् ।

जसमा वैदेशिक रोजगार विभागले १५ करोड ३७ लाख ९२ हजार भन्दा बढी रकम पनि दलाल तथा म्यानपावर व्यवसायीसँग भर्पाइ गराएको छ ।

विभागमा दर्ता भएका १३ सय ८३ वटा उजुरी मध्ये अहिलेसम्म विभागले ८ सय ९ वटा उजुरीको छिनोफान लगाएको जनाएको छ । यसैगरी १ सय ५७ वटा उजुरीलाई अदालतमा दर्ता गराएको छ ।

विभागले मिलाएका सबै उजुरी म्यानपावर विरुधको छ । तर, विदेश पठाइदिन्छु भने कुनै आधिकारी संस्था नभएको व्यक्तिगत ठगीका उजुरी भने मिलान गर्न सकेको छैन ।

विभागका आठ महिनमा व्यक्तिगत ठगीका सात सय १४ वटा उजुरी परेको थिए भने म्यानपारबाट आफु ठगीएको भन्दै ६ सय ६९ ले उजुरी गरेको थिए । म्यानपावर तर्फका सबै उजुरी विभागले मिलापत्र गराउँदै पीडितलाई राहत उपलब्ध गराएको छ ।


पुष्प दुलाल