पीपीपी मोडलमा क्रिकेटको रंगशाला बनाउन  सकिन्छ : उद्योगी विनोद चौधरी 



काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले निर्माण, सञ्चालन र हस्तान्तरण (पीपीपी) मोडलमा क्रिकेटको  रंगशाला बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

नेपालका एकमात्र डलर अर्बपति चौधरीले केही वर्ष अगाडि क्रिकेटको रंगशाखा बनाउने घोषणा गरेको थिए । नेपाली क्रिकेट टिमले एकदिवसियको मान्यता पाएपछि चौधरीले बनाउने घोषणा गरेको क्रिकेट रंगशालाको विषयमा सामाजिक संजालमा प्रश्न गरेका थिए ।

उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमा केही समयअघि सार्वजनिक रूपमै रंगशाला निर्माणका लागि बोलेको र  रंगशालाका लागि आवश्यक पर्ने जग्गा र पूर्वाधारका लागि राज्यलाई दबाब दिन अब तपाईंहरूको साथ आवश्यकरहेको बताएका छन् ।

उनले क्रिकेट रंगशाला निर्माणका लागि आफुलाई प्रश्न राखेको तथा चासो र निरन्तरको पहलकदमीका लागि आभार व्यक्त गर्दै जमिनको लागि राज्यको दवाव दिन आवश्यक भएको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको खेल मैदानलाई पनि पुनर्संरचना गर्न सकिने भन्नेमा आफु विश्वस्त रहेको जोड दिए ।


क्लिकमान्डु