१५ अंकले घट्यो नेप्से, ३२ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से १५.०५ अङ्कले घटेको छ । १.१८ प्रतिशतले घट्दा नेप्से १,२५५.४७ बिन्दुमा अडेको हो ।
नेप्सेका अनुसार १५९ कम्पनीको शेयर खरिद बिक्री भएका छन् । । ९ लाख ६२ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ३२ करोड ८९ लाख १६ हजार रुपैंयाको कारोबार भएको छ ।
बैंक ९.७९, विकास बैंक १५.२३, जलविद्युत २०.४५, वित्तीय ८.९७, बीमा समूह १५२.१८, उत्पादन ४३.५७, अन्य ७.०८ र माइक्रोफाइनान्स समूह २०.३६ अङ्कले घटेका छन् ।
होटल समूह १७.७९ अङ्कले बढेको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.९२ प्रतिशतले कमाई गरेका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन् ।