पेट्रोलियम पाइपलाइन : दुईकिलोमिटरमा वेल्डिङको काम सकियो



सांकेतिक तस्बिर

काठमाडौं । पेट्रोलियम पदार्थ सहज रुपमा नेपाल भित्राउनका लागि पाइपलाईन विस्तारको काम अघि बढेको छ ।

भारतीय सहयोगमा रक्सौल हुँदै अमलेखगन्ज गञ्चसम्म पाइप लाइन बिछाउने काम अघि बढेको हो ।

माघ १५ गतेदेखि सुरु भएको पाइप लाइन परियोजना अन्तर्गत हाल्सम्म २ किलो मिटरका पाइप वेलडिङ भएका हुन् । आयल निगमका प्रवक्ता विरेन्द्र गोईतका अनुसार हालसम्म २ किलोमिटर पाइप वेलडिङ भैसकेका छन् ।

‘१७ किलो मिटरको पाइप अडर गरिएको छ, अरु काम हुँदै छ’ गोईतले भने ।
रक्सौलबाट अमलेखगन्जसम्म ३७.३४ किलोमिटर पाइपलाइन निर्माण हुने छ ।

भारत सरकारको २ अर्ब ७५ करोड भारतीय रुपैयाँ सहयोगमा भारतको मोतीयारीबाट नेपालको अमलेखगन्जसम्म पाइपलाईन बिछाउन लागेको गोईतले जानकारी दिए ।

नेपाल सरकारले डिपो मर्मत तथा व्यवस्थीत गर्नका लागि ७५ करोड भारतीय रुपैयाँ बजेट छुट्टाईएको छ । पाइपलाईन बाट पेट्रोलियम पदार्थ ल्याएपछि बाटोमै पेट्रोलियम पदार्थ चुहावटका समस्या समाधान हुने गोइतले दाबी गरे ।

पछिल्लो समय ३ हजार केएल पेट्रोलियम पदार्थ भारत हुँदै नेपाल भित्रिने गर्छ । पाइपलाइन पछि प्रतिघण्टा २ सय केएल पेट्रोल नेपाल भित्रीने गोईतको दाबी छ ।
‘परियोजना अन्तर्गत काम सुरु भैसकेको छ ३० महिनाको अवधी सबै काम सम्पन्न हुन्छ’ गाईतले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु