ओम डेभलपमेन्ट बैंकका अध्यक्ष लिए सपथ



काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अध्यक्ष सुशील कुमार गोशलीलाई सपथ ग्रहण गराएका हुन् ।

बैंकको गत फाल्गुन २५ गते पोखरामा भएको ११औं बार्षिक साधारणसभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजु र बिजय मल्ल, योगेन्द्र लाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्म कुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

साधारणसभाले आ.ब. २०७३÷७४ को मुनाफाबाट शेयरधनिहरुलाई १७.६९% बोनश शेयर दिने प्रस्ताव पारित गरेको थियो ।

बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको बृद्धि गरेको हो ।

बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम, २ लाख ३१ हजार ग्राहक रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।


क्लिकमान्डु