वाग्मती सफाई अभियान चलेको कति हप्ता भयो ? भन्दै यसरी कड्किए प्रधानमन्त्री



काठमाडौं । हरेक शनिबार सरकारी र गैरसरकारी क्षेत्रका समूह तथा संस्था मिलेर वाग्मती नदीको सफाई गरिने गरिएको छ ।
सफाई गरिएको र यति टन उति टन फोहोर निकालिएको भन्दै समाचार पनि आइरहेका हुन्छन् । फेसबुक र ट्वीटरका भित्तामा सेल्फी पनि राम्रैसँग पोस्ट हुने गरेको छ ।
कतिले त वाग्मती सफाईको नाममा राम्रै खेती समेत गरेका छन् । कतिले सफाई अभियानलाई राम्रै दिलचस्पीका साथ अपनाएर काम समेत गरेका छन् ।
तर धेरैले भने मर्निङ वाकमा आफूलाई समाजसेवी बताउने राम्रै अवसरका रुपमा वाग्मती सफाई अभियानलाई बनाएका छन् ।
तत्कालीन मुख्य सचिव लिलामणि पौड्यालले वाग्मती सफाईको नेतृत्व गरे । सरकारका उच्च अधिकारी पनि सहभागी भए । सबै कर्मचारीलाई उर्दी पनि लगाइयो । २०७० सालदेखि सुरु भएको अभियान निरन्तर चलिरहेको छ ।
 ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न गरे- ‘यो किन सफा भइरहेको छैन ?’ अब सधै यस्तो चल्दैन ।’
अभियान चलेको लामो समय भएपनि सफाई अभियानले गुणात्मक फेड्को मार्न सकेको छैन । सरकारले उपत्यकाको ढलको व्यवस्थापन गर्न नसक्दा वागमती फोहोर र दुर्गन्धमुक्त हुन सकेको छैन ।
कारण सफाई अभियानमा सहभागी हुने भन्दा रमाइलो हेर्ने र रमिते मात्रै बढी देखिने गरेका छन् । केहीले भने त्यसलाई राम्रै पेशा पनि बनाएका छन् ।
वाग्मती नदीको अवस्था सुध्रन सकेको छैन । कारण सफाई अभियान प्रभावकारी हुन सकेन भन्ने नै हो । सफाई अभियानको नाममा पन्जा, मास्क र गमबुटको राम्रै कारोबार भएको छ । तर वाग्मती नदी जस्ताको तस्तै रहेको छ ।
सफाई अभियानले सार्थकता नपाएका कारण धेरैले सो अभियानलाई सेल्फी अभियानको नाम समेत दिएका छन् । केहीले इमान्दार प्रयास गरेपनि अभियान प्रभावकारी बन्न नसकेकोमा आलोचना भइरहेको छ ।
प्रसंग हो, प्रधानमन्त्री केपी ओलीको आइतबारको निर्देशन । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सबै सदस्य, मुख्य सचिव र नेपाल सरकारका सबै सचिवलाई एकै स्थानमा राखेर निर्देशन दिए ।
निर्देशनका क्रममा वाग्मतीको प्रसंग पनि निस्कियो ।
उनले वाग्मती नदी किन सफाई हुन सकेन भन्दै प्रश्न गर्दा अभियनामा सहभागी हुने जनसंख्या तथा वातावरण मन्त्रालयका उच्च अधिकारी र मुख्य सचिव मुखामुख गर्न थाले । कारण के थियो भने अभियान निरन्तर चलेपनि त्यसले कुनै परिणाम नदिएकोमा प्रधानमन्त्री जानकार नै थिए ।
 ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न गरे– ‘यो किन सफा भइरहेको छैन ?’ अब सधै यस्तो चल्दैन ।’


पुष्प दुलाल